हाम्रो बारेमा
नेपालमा संघीयता कार्यान्वयनमा आएसँगै प्रशासनिक व्यवस्थालाई जनमुखी,छरितो र प्रभावकारी बनाउन प्रयास स्वरुप प्रदेश सरकारहरुले विभिन्न संगठनात्मक संरचनाहरु खडा गरेका छन्। गण्डकी प्रदेश सरकारले सर्वसाधारणलाई दिइने सेवालाई थप सुलभ र झन्झटमुक्त बनाउन तथा प्रदेश मातहतका निकायहरुको सेवा सम्पादनलाई एउटै छानामुनि ल्याउने उद्देश्यले एकीकृत सेवा कार्यालय,कास्की को स्थापना गरेको हो। पोखरामा अवस्थित यो कार्यालयले विशेष गरी कास्की जिल्लाभित्र प्रदेश सरकारसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा प्राविधिक सेवाहरु एकीकृत रुपमा प्रदान गर्दै आएको छ।
पर्यटन तथा उद्योग मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय,गण्डकी प्रदेश,पोखरा अन्तर्गत गण्डकी प्रदेशका सवै ११ (एघार) जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना सम्वन्धी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन -२०८२ गण्डकी मन्त्रिपरिषद् बाट स्वीकृत भए वमोजिम तत्कालिन उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय एकीकृत भई कास्की जिल्लामा एकीकृत सेवा कार्यालय सञ्चालनमा आएको छ ।
कार्यालयको कार्यक्षेत्र मुलतः उद्योग, पर्यटन तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रम तथा सेवाहरुलाई जिल्लास्तरमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नु हो। उद्योग तथा पर्यटन क्षेत्रतर्फ उद्यमशीलता विकास,उद्योग तथा व्यवसाय प्रवर्द्धन, सीप तथा क्षमता विकास,पर्यटन प्रवर्द्धन,पर्यटकीय पूर्वाधार निर्माण तथा सम्बन्धित कार्यक्रम सञ्चालनमा कार्यालयले भूमिका निर्वाह गर्दछ। त्यसैगरी सामाजिक विकासतर्फ महिला,बालबालिका, ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा लक्षित वर्गका कार्यक्रम,सामाजिक समावेशीकरण, युवा तथा अन्य सामाजिक विकाससम्बन्धी गतिविधिहरु सञ्चालन तथा सहजीकरण गर्ने जिम्मेवारी रहेको छ।
यसरी, एकीकृत सेवा कार्यालय,कास्कीको स्थापना केवल दुई कार्यालयको प्रशासनिक एकीकरण मात्र नभई नागरिकलाई सरल,प्रभावकारी, समन्वित र सेवाग्राहीमैत्री सेवा उपलब्ध गराउने प्रदेश सरकारको प्रयासको महत्वपूर्ण हिस्सा हो। आगामी दिनमा सूचना प्रविधिको अधिकतम प्रयोग, पारदर्शिता, जवाफदेहिता,नागरिक सहभागिता तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउँदै कार्यालयको सेवा प्रवाहलाई अझ गुणस्तरीय र परिणाममुखी बनाउनु आवश्यक रहेको छ। यसले कास्की जिल्लाको आर्थिक,सामाजिक तथा मानवीय विकासमा प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ।
सूचना तथा समाचार
भिडियोहरु
पोखरा – प्रकृति, संस्कृति र पर्यटनको अनुपम संगम
नेपालको सुन्दरता चिनाउने एक विशेष जिल्ला – कास्की
